काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन्।
सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्।उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका थिए।
पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।
गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।
विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।
बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।