काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ।
स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचन प्रक्रियामा केन्द्रित भएको वर्तमान अवस्थाबारे समेत विचार-विमर्श हुने सम्भावना छ।
चुनावी सरकारका चार जना मन्त्रीले पदबाट अलग भई निर्वाचन अभियानमा सक्रिय भएको सन्दर्भमा उत्पन्न अवस्थाको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी रणनीतिबारे पनि बैठकमा छलफल हुन सक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।