काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।
माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरी काफ्लेले जानकारी दिए ।
अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् । प्रसाईंसँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने निर्णय भएको छ ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग चौथो पटक भेटेपछि दुर्गा प्रसाईंले फागुन १ देखी घोषणा गरेको आन्दोलन रोकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।