काठमाडौं– नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखा नगरपालिकाको श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बहुदलीय प्रणालीमा नयाँ दल स्थापना हुनु र चुनावमा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताए ।
उनले राजनीतिमा कोहि नयाँ–पुरानो नहुने तर बिचारलाई समयसँगै परिस्कृत गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौं–५ मा जनताको समर्थन बलियो रहेकाले आफ्नो पक्षमा नजिता आउने दावी गरे ।
यस्तै महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उम्मेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको संवृद्धिमा सधैँ प्रतिबद्ध रहने उनको भनाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।