काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । अहिले रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
विशेष महाधिवेशनलाई मान्यता दिँदै गगनको पक्षमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध देउवा पक्षद्वारा दायर रिटको पहिलो सुनुवाइ न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भइरहेको छ ।
निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरिरहेका छन् । खम्मबहादुर खाती र रमेश बडालले यसअघि बहस गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।