काठमाडौं– अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगायत नेताहरूले सिंहलाई रास्वपा प्रवेश गराएका हुन्।
रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे ।
उनले आफू कुनै पदका लागि नै देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताए ।
देशको लागि काम गर्दा आफुलाई पटक पटक बद्नाम गर्ने कोशिश भएको उनको भनाइ छ।
उनले बालेनलाई प्रधानमन्त्री बनाएर छाड्ने भन्दै त्यसपछि मात्रै मधेशको आन्दोलन सफल हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।