काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल चुनाव नलड्ने भएका छन् ।
भौगोलिक कारण देखाउँदै खनाल बागलुङ जान नचाहँदा उक्त चुनावी क्षेत्रमा ज्ञामनाथ गैरेलाई नेकपाले उम्मेदवार बनाइएको छ । नेकपाले खनालको नाम बाग्लुङ २ बाट अघि सारेको थियो ।
२०२६ सालताका बागलुङ बसेको र लामो समयको ग्याप भइसकेकाले असहज हुन सक्ने खनालले आकलन गरेका थिए ।
खनालको सचिवालयका अनुसार खनालले पुरानै निर्वाचन क्षेत्र १ मा फर्कने इच्छा जाहेर गरे पनि अरूलाई नै टिकट दिइसकेपछि यसपटकको चुनाव नलड्ने निर्णय लिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।