काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
सोमबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेताहरूको उपस्थितिमा तामाङलाई औपचारिक रूपमा उम्मेदवारीको टिकट प्रदान गरिएको हो। उक्त अवसरमा रास्वपाका नेता गणेश पराजुलीले उनलाई टिकट हस्तान्तरण गरेका थिए।
पछिल्लो समय विभिन्न क्षेत्रमा चर्चामा रहेका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाउने प्रवृत्ति बढ्दो देखिएको छ। राजनीति स्वयं नीति र मूल्यमा आधारित हुनुपर्ने मान्यताका बाबजुद पछिल्ला केही वर्षयता स्थापित दलहरूले समेत शक्ति र प्रभावको खेलका नाममा विविध पृष्ठभूमिका व्यक्तिहरूलाई राजनीतिमा भित्र्याउँदै आएका छन्। \
आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेटिएको छ भने केन्द्रीय समितिमा पनि लैजाने सहमति भएको छ ।
रास्वपा सरसफाइ लगायत समाजिक अभियानमा सक्रिय छिन् । उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् । उनले धादिङमा थुप्रै सामाजिक काम पनि गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।