काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।
उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दैछन् ।
ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा सरकारले उनीमाथि लगाएको स्थानहद (उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध) फुकुवा भएपछि यो उनको पहिलो जिल्ला भ्रमण हो।
लामो समय काठमाडौँ उपत्यकामा सीमित रहेका ओलीलाई सरकारले काठमाडौँ उपत्यका बाहिर जान रोक लगाएको थियो।
अध्यक्ष ओली आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन र कार्यकर्ताहरूलाई चुनावी निर्देशन दिन झापा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।