काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्व जाँदैछन् ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आज साँझ रुकुमपूर्व जान लागेका हुन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । मंगलबार मनोनयन दर्ता गरेर प्रचण्ड बुधबार मात्र काठमाडौँ फर्कने छन्।
यसअघि २०७९ को निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका थिए । त्यसबेला डा. बाबुराम भट्टराईले पार्टी एकता गर्ने सहमति अनुसार प्रचण्डलाई गोरखा-२ बाट निर्वाचित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
आफ्नो जित सुनिश्चित गर्न प्रचण्डले हरेक चुनावमा फरक फरक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आइरहेका छन् । २०७९ सालको निर्वाचनमा चितवन–३ बाट भागेर प्रचण्ड गोरखा-२ मा पुगेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।