काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्ग्याएको छ।
राप्रपा स्रोतका अनुसार बाँकी चार क्षेत्रमा भने अझै छलफल भइरहेको छ। क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा डा.सुरेन्द्र भण्डारी (वरिष्ठ अधिवक्ता), क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवार टुङ्गो लागेको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवारको नाम टुङ्ग्याउन बाँकी रहेको र हाल छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।