काठमाडौं– स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।
राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भोलि सोमबार राप्रपा केन्द्रीय कार्यालयमा नेपालले उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।
अघिल्लो चुनावमा नेपाल झापा -२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।