काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आमनिर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेका छन् ।
उनी आफ्नो गृहजिल्ला गोरखाको क्षेत्र नम्बर दुईबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को उम्मेदवार बन्न लागेका हुन् ।
स्थानीय मतदाताबाट निकै माग भएकाले भट्टराईलाई सो क्षेत्रमा उम्मेदवारीका लागि आग्रह गरिएको पार्टीका प्रवक्ता सन्तोष परियारले बताए । डा. भट्टराईबाट पनि सकारात्मक जवाफ आएको उनको भनाइ छ ।
‘अहिलेसम्म उहाँ उठ्नुहुन्छ भन्ने नै हो, औपचारिक निर्णय भोलि हुन्छ,’ परियारले भने ।
गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्दैछन् ।
यस निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा माओवादी अध्यक्ष प्रचण्ड विजयी बनेका थिए । यसपटक उनी निर्वाचन क्षेत्र फेरेर रुकुम पुगेका छन् ।
भट्टराईले २०७० र २०७४ सालको चुनावमा गोरखा २ बाट जितेका थिए । २०७९ को चुनावमा उनले प्रचण्डलाई समर्थन गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।