काठमाडौँ– नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।
उनले भनेकी छिन्, ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली काँग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’
उनले बधाईका साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाँक्न सुझाव दिएकी छिन् ।
नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्तिन र नडराउन सुझावसमेत दिएकी छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।