काठमाडौं – निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।
आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको महतले बताए।
देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए । 'हामीलाई बोलाउँदा पनि नबोलाई, हाम्रो पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी एकतर्फी रूपमा निर्णय गरियो,' उनले भने ।
थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयको कडा विरोध गर्दै प्रतिवाद गर्ने निर्णय गरेको बताए। उनले भोलि नै आफूहरू सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए।
बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, 'हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।