काठमाडौं– विशेष महाधिवेशनलाई वैधता दिँदै कांग्रेसको आधिकारिक मान्यता गगन कुमार थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयमा शेरबहादुर देउवा पक्ष क्रुद्ध बनेको छ ।
आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा पक्षको छ ।
निर्वाचन आयोग पुगेका देउवा पक्षका कार्यबहाक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय अमान्य भएको बताउँदै कानुनी, राजनीतिक र आन्दोलनका सबै लडाइँ लड्ने चेतावनी दिएका छन् ।
यो निर्णय आयोगको स्थापित नजिर विपरीत भएको उनको भनाइ छ । उनले भने, ‘आयोगको निर्णय षड्यन्त्रपूर्ण छ । यसलाई संस्थापन पक्ष खारेज गर्छ ।ऽ हामी राजनीतिक र कानुनी लडाइँमा जान्छौं ।’
खड्काले आयोगले सेटिङमा निर्णय गरेको आरोपसमेत लगाए । यस्तै आयोगले सभापति देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमिति यथावत रहेको अवस्थामा सभापति र केन्द्रीय कार्यसमितिलाई एकपटक पनि नबोलाइ निर्णय गरिएको आरोप लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।