काठमाडौँ – निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन गरिएको छ ।
आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता-कार्यकता आउजाउ बाक्लिएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।
निर्वाचन आयोगको परिसरमा विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षका पदाधिकारी तथा नेताहरू धर्नामा बसेका छन्।
मूल गेट बाहिर पनि गगन थापा र शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
निर्वाचन आयोगको मूल ढोकातर्फ गगन पक्ष र सडकमा देउवा पक्षका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन्।
कार्यालय प्रवेश गर्ने मूल गेट भने बन्द गरिएको छ।
दुवै पक्षका भिडलाई आयोग परिसरमा प्रवेश गर्न नदिएको हो।
निर्वाचन आयोगमा कांग्रेसको दुवै पक्षले आधिकारिता दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।