काठमाडौं– फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ ।
अहिलेसम्म अन्य कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न 'सूर्य' वाहक उम्मेदवारहरू उठाउने तयारी गरेको छ।
दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्र पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै नामहरू टुङ्ग्याउन लागेको शाहीले जानकारी दिए। यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।