सुनसरी - सुनसरीको भोक्राहनरसिंह स्थित फुल चौकमा बिहीबार बिहान ट्रक पल्टिदा ५ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरी तर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक पल्टिदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन । घाइते २ जनाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।