डडेलधुरा- दसै आउन एक साता बाँकी रहँदा डडेलधुराका सरकारी कर्मचारी कार्यालयमा भेटिन छाडेका छन्। दसैं आउनु एक साता अगावै डडेलधुराका ६ अधिकृत र ३२ सहायक कर्मचारीले जिल्ला छाडेका छन्।
_x000D_
_x000D_
जिल्ला प्रशासन कार्यालय डडेलधुराले बिहीबार गरेको कार्यालय अनुगमनका क्रममा ६ जना अधिकृत तहका कर्मचारी र ३२ जना सहायक कर्मचारीले जिल्ला छाडेको पाइएको हो।
_x000D_
_x000D_
दसैंको सप्तमी(मंगलबार)देखि मात्रै सरकारी बिदा सुरु हुने भएपनि कर्मचारीहरुले सो अगावै जिल्ला छोडेका हुन्।
_x000D_
_x000D_
जिल्ला प्रशासन कार्यालय डडेलधुराले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उक्त जानकारी गराएका हुन्।
_x000D_
_x000D_
बिदामा गएको वा के कारणले कार्यालय छाडेको हो यसबारे स्पष्टिकरण सोध्ने र चित्तो बुझ्दो जवाफ नआए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ।
_x000D_
_x000D_
चाडपर्व लक्षित सुरक्षालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको उनले जानकारी दिए। सुरक्षालाई मध्यनजर गर्दै जिल्लास्थित बैंकहरुको सुरक्षाको लागि पनि उचित सुरक्षाको व्यवस्था मिलाइएको उनको भनाइ छ। उनले ट्राफिक चेकजाँचमा पनि कडाइ गरिएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।