चितवन– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान लागू गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।
_x000D_
_x000D_
सभापति देउवाले संविधान उत्कृष्ट भएपनि त्यसलाई लागू गराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन्।
_x000D_
_x000D_
शुक्रबार नेपाल प्रेस युनियन, चितवन शाखाको ८औं जिल्ला अधिवेशनलाई चितवनमा उद्घाटन गर्दै उनले सरकारले प्रेस स्वतन्त्रतामाथि पनि हनन् गरिरहेको आरोप लगाए। सभापति देउवाले नागरिकको अधिकारसमेत हनन् हुनेगरी सरकारले नयाँ मुलुकी ऐन लागू गरेको दाबी गर्दै प्रतिकार गर्ने चेतावनी पनि दिए।
_x000D_
_x000D_
सभापति देउवाले आफ्नो पार्टी सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै त्यसलाई हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।
_x000D_
_x000D_
कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले सरकारले प्रेस स्वतन्त्रता विरोधी गतिविधि गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।