काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दाबी गरे।
_x000D_
_x000D_
सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भइरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाउ गरेका हुन्।
_x000D_
_x000D_
शुक्रबार दसैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारले चीनसँग ऐतिहासिक पारवहनसम्बन्धी सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास पनि व्यक्त गरे।
_x000D_
_x000D_
अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको पनि दोहो¥याए। बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाइ छ।
_x000D_
_x000D_
अध्यक्ष दाहालले मूलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।