काठमाडौँ – रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
घटनामा अरु ६ जना कामदार घाइते भएका छन्। विस्फोटबाट डिस्टिलरी परिसरमा समेत क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परेर कटहरिया नगरपालिका–९ बलुवा गाउँका ४० वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ ।
पौडेलका अनुसारर विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।
घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगंज पठाइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।