एजेन्सी- दुई वर्षको छोरालाई पिठ्युँमा बोकेर लाइभ कार्यक्रम सञ्चालन गर्ने एक टेलिभिजन कार्यक्रम प्रस्तोताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। छोरालाई सलले बाँधेर मौसम सम्बन्धी लाइभ कार्यक्रम सञ्चालन गर्ने प्रस्तोता हुन्, मौसम विशेषज्ञ सुसी मार्टिन।
_x000D_
_x000D_
उनले दुई वर्षीया छोरालाई बोकेरै मौसम सम्बन्धी जानकारी दिइन्।
_x000D_
_x000D_
मौसम विशेषज्ञ मार्टिनले मौसम सम्बन्धी जानकारी दिएकै समयमा इन्टरनेसनल बेबीवेरिङ वीक चलिरहेको छ। त्यसैले पनि मार्टिनले यस्तो कदम उठाएकी हुन्। संसारलाई राम्रो सन्देश दिएकी मार्टिनको चौतर्फी प्रशंसा भइरहेको छ।
_x000D_
_x000D_
मार्टिन संलग्न कम्पनीले यो भिडियोलाई फेसबुकमा सेयर गरेको छ। मार्टिनले लेखेकी छिन्, ‘इन्टरनेसनल बेबीवेयरिङ वीक चलिरहेको छ। मैले सोचेँ किन म आफ्नो बच्चालाई नल्याऊँ।’ भिडियोमा मार्टिनले मौसम सम्बन्धी जानकारी दिइरहँदा बच्चा भने उनको पिठ्युँमा निदाइरहेको देख्न सकिन्छ। मार्टिनले यस्तो सहयोगका लागि अफिसलाई धन्यवाद दिएकी छन्।
_x000D_
_x000D_
_x000D_
_x000D_
इन्टरनेसनल बेबी वीक १ अक्टोबरदेखि ७ अक्टोबरसम्म मनाइएको थियो।
_x000D_
_x000D_
यसअघि न्युजील्यान्डकी प्रधानमन्त्री जैसिंडा एरडर्नले पनि धेरैलाई चकित बनाएकी थिइन्। एरडर्न तीन महिने छोरीका साथ युएन जर्नलको बैठकमा पुगेकी थिइन्। उनी आफ्नो बच्चासँग खेलिरहेको भिडियो पनि भाइरल बनेको थियो।
_x000D_
_x000D_
नेल्सन मण्डेला स्पिच समिटमा पनि बच्चालाई लिएर पुगेकी एरडर्नले भाषणसमेत गरेकी थिइन्। त्यसबेला एरडर्नले धेरैको मन जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।