काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।
विश्वासको मतका लागि प्रदेश सभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइ सकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए ।
संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली काँग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यस्तै प्रदेशसभाको सभामुखका लागि यही पुस ६ गते निर्वाचन हुने भएको छ।
प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको बताए। प्रदेश सभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।