काठमाडौँ – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र राष्ट्रको रक्षाका लागि सबै जुट्ने बताएका छन् ।
एमाले महाधिवेशनमा दोस्रो पटक महासचिवमा उम्मेदवारी दिएका नेता पोखरेलले सामाजिक सञ्जालमार्फत् राष्ट्रको रक्षा नै सबैको कार्यभार रहेको बताएका हुन् ।
‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’ पोखरेलले फेसबुकमा लेखेका छन् । आज काठमाडौँको भृकुटीमण्डपमा एमाले ११ औँ महाधिवेशनमा मतदान हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।