काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ।
सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई गराउँदै उनले राजीनामा दिएका हुन्।
थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
कांग्रेस केन्द्रीय सदस्य रहेका थापा २०७९ को निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएपछि राष्ट्रपतिको सल्लाहकार बनेका थिए । उनी पछिल्लो समय कांग्रेसभित्र गगन थापाको पक्षमा उभिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।