काठमाडौँ – नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए।
उनले सामाजिक संञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन्।
उनले भनेका छन्, ‘पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो। राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विश्वास लिएको छु। धन्यवाद।
गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।