काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
यसअघि उद्योग, कानून लगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
उनले आज मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । यसअघि मन्त्री सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इमनाङलाई मन्त्री बनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।