काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।
बैठक सकेर मात्र बन्द सत्र सुरू हुनेछ । त्यसका लागि कम्तीमा १ बज्ने बस्नेतले बताए । बैठकमा केही जरुरी विषयमाथि गम्भीर तथा विस्तृतमा छलफल गर्नुपर्ने कारण बैठक लम्बिने सम्भावना रहेको उनको भनाइ छ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।