काठमाडौँ – दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।