काठमाडौं– तीजको दिन अरू वर्ष जस्तै यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ।
श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन्। पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ।
व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था मिलाइएको छ। तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको हो। आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिएअरु बेला पनि प्रयोग गरिने बताइएको छ। विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो।
गर्मीको बेला शीतल होस् भनेर व्रतालुमाथि पानीको फोहोरा बर्सिने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।
उनले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।