काठमाडौं- बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले सरकारले बालबालिकालाई स्वर्णभस्म 'इम्युन बुस्टर'का रूपमा वितरण गर्ने अभियानप्रति औपचारिक रुपमै असहमति जनाएको छ।
अध्यक्ष डा अरुण कुमार न्यौपानेको हस्ताक्षरमा सोसाइटीले विज्ञप्ति जारी गर्दै सोसाइटीले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर, जोखिम मूल्याङ्कन र नियामक स्पष्टतामा कमी रहेको कारण अभियान तत्काल रोक्न आग्रह गरेको छ।
सोसाइटीले शिशुहरूमा स्वर्णकल्प सेवनबाट प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको वैज्ञानिक आधार नभएको र सो पदार्थमा हेभी मेटल (सुन) को सम्भावित जोखिम रहेको उल्लेख गरेको छ। साथै, नेपालमा गरिएका बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनहरूमा सिसा (लेड), पारो (मर्क्युरी), आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै यसले बाल स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ।
हेर्नुहोस यस्तो छ विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।