काठमाडौं– नेपाल यू–१७ वुमेन्स साफ च्याम्पियसिपमा आइतबार बंगलादेशसँग ३–० ले पराजित भएको छ । भुटानको थिम्पुमा भएको खेलमा बेहोरेको यो हारले नेपालको स्थिति कमजोर बनेको छ ।
थुनुए मार्माले ४१ औं मिनेटमा बंगलादेशका लागि पहिलो गोल गरिन् । त्यसपछि सौरभी प्रीतिले ४४ औं मिनेटमा दोस्रो गोल थपिन् । ममानी चक्काले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेट तेस्रो गोल गरिन् ।
यो हारले नेपाल तीन खेलबाट तीन अंकमै सीमित रह्यो । बंगलादेशले भने तीन खेलमा दोस्रो जितसँगै छ अंक बटुलेको छ । भारत तीनै खेल जित्दै नौ अंकमा शीर्ष स्थानमा छ ।
भारतले आइतबारको पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । भुटान शून्य अंकमा सहभागी चार टिममध्ये सबैभन्दा पुछारमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।