रौतहट– रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।
मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।
‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ। उनका आफन्तहरु आएका छन्। मृतकको घर भारतको मुजफ्फरपुर हो। थप कुराहरु बुझ्ने काम हुँदैछ’ डिएसपी कार्कीले भने।
उनका अनुसार मृतक रुवीका एक छोरा छन्। बच्चा पढाउन उनी गौरमा डेरा लिएर बसेको र दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्।
पति भारतमै बस्ने बुझिएको छ। उनको हत्या भएको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले बताए।
शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा उनको शव फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।