काठमाडौँ– सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट प्रदान हुने सेवा बिहीबार र शुक्रबार अवरुद्ध हुने भएको छ।
कोषले एक सूचना प्रकाशन गर्दै सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आज र भोलि सेवा बन्द रहने जनाएको हो।
आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहने सूचनामा उल्लेख छ।
सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको कोषले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।