काठमाडौं– नेपाल सरकारले लिपुलेक नेपालको अभिन्न भूभाग भएको भन्दै चीन र भारतको ध्यानाकर्षण गराएको छ ।
परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल र मिडियाबाट सोधिएका प्रश्नको जवाफ दिँदै भनेको छ, ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।’
उक्त क्षेत्रका बारेमा भारत र चीन दुवै छिमेकी मुलुकलाई जानकारी गराइसकिएको पनि जवाफमा भनिएको छ ।
सरकारले कूटनीतिक तवरबाट तथ्य र प्रमाणका आधारमा यसको समाधान गर्न पनि भारतसमक्ष आफूहरु प्रतिवद्ध रहेको पनि आग्रह गरेको छ ।
‘नेपाल–भारतबीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा दुवै देशबीचको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ’, जवाफमा भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।