काठमाडौं – चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्।
भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्।
लिपुलेक नेपालको भूमि हो।नेपालले आफ्नो नक्सामा समेटेको सो भूमिको बारेमा दुवै देश जानकार समेत छन्। यद्यपि लिपुलेकमा नेपाललाई बेवास्ता गरेर २ देशले समझदारी गरेको यो पहिलो पटक भने होइन।
भारतले एकतर्फी रूपमा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा मार्ग सञ्चालन गरेपछि नेपालले २०७७ सालमा नयाँ राजनीतिक नक्सा जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको भूभाग घोषणा गरेको थियो।
यसअघि २०२४ डिसेम्बर १८ मा समेत भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी भएको बैठकले नेपाललाई नसोधी लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकाे थियाे।
सन् १९४ देखि पटक पटक लिपुलेकलाई दुई देशीय सीमाना मानेर भारत र चीनले समझदारी गर्दै आएका छन्।
नेपाल सरकारले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। यो सहमति नेपालका लागि भौगोलिक स्वाधीनता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न बनेको छ।
यस पटक पनि दुई देशका विदेशमन्त्रीबीचको वार्तापछि जारी गरिएको समझदारीको नवौँ बुँदामा लिपुलेक, शिप्की ला पास र नाथुला पास बोर्ड व्यापारिक प्रयोजनका लागि पुनः सञ्चालनमा ल्याउने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।