काठमाडौं– रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको भिटामिन ‘डी’ को कमी देखिएको छ।
सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो।
हिजो अस्वस्थपछि गरिएको रगत परीक्षणको रिपोर्टमा उनलाई भिटामिन डी को कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
डाक्टर जितेन्द्रप्रसाद यादव आवश्यक स्वास्थ परामर्शका लागि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।
उनले भने, ‘रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको। धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको हो।
डाक्टर यादवका अनुसार, भिटामिन ‘डी’ को कमीले हड्डीको समस्या निम्त्याउँछ। भिटामिन ‘डी’को कमीले रोगसँग लड्ने क्षमता पनि कम गरिदिन्छ। यसको कमीले हातखुट्टा झम्झमाउने, थकाइ लाग्ने र कपाल झर्ने जस्ता समस्या देखिन सक्छन्।
लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।