काठमाडौँ– गुण्डा नाइके राजु गोर्खालीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
सोमबार अदालतले उनलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको हो।
बैंकिङ कसुर मुद्दामा उनी आइतबार राजधानीको चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको एसपी अपिलराज बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।