चितवन– सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। तर, खस्ने क्रम नरोकिएकोले अझै केही समय लाग्नेछ।
पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।
पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६-००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो। त्यसक्रममा स्कुटरमा रहेका चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन्। उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।