काठमाडौं– नेपालले यू–२० एएफसी एसियन कप छनोटमा शुक्रबार साउदी अरेबियालाई १–० ले हराएको छ । सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा निर्णायक गोल गरिन्।
पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले खेलको एक मात्र गोल गरिन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो, तर यो सम्भावना आफैँमा कठिन भने रहेको छ।
अब नेपालको तेस्रो तथा अन्तिम खेल उत्तर कोरियाविरुद्ध रहेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ ।
लगातार दोस्रो हारपछि साउदी अरेबिया शून्य अंकमै रह्यो । नेपालले यसअघि भुटानसँग पनि बराबरी खेलेको थियो । भुटानको एक अंक रहेको छ । शुक्रबारकै दोस्रो खेलमा उत्तर कोरियाले भुटानको सामना गर्नेछ र उसको तीन अंक छ । त्यसमा जित निकाल्दै बलियो उत्तर कोरियाले आफ्नो छनोट सम्भावना बलियो बनाउन सक्नेछ ।
त्यस अगाडि नेपालका लागि मीना देउवा पेनाल्टीबाट गोल गर्न चुकिन । खेलको ३७ औं मिनेटमा मनीषा सेनलाई साउदी अरेबियाकी वास्माह अल्सनाइफले लडाएपछि नेपालले पेनाल्टी पाएको हो । तर त्यसमै मीनाको प्रहार भने पोस्टमा लागेर फर्केको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।