काठमाडौं– एएफसी यु–२० महिला एसियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ।
टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली घोषणा गरेको हुन्। टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल समूह 'बी' मा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन्।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।