फाइल तस्बिर
काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरु छलफल भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको बैठकमा विधेयकमाथि संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधनको औचित्यमाथि प्रष्ट पारेका थिए ।
बैठकमा सांसद रामकृष्ण यादव, उर्मिला माझी, हितराज पाण्डे, सुमना श्रेष्ठ, योगेश भट्टराई र ठाकुर गैरेले आफ्नो संशोधन प्रस्तावको सन्दर्भ, उदेश्य र औचित्यमाथि धारणा राखेका हुन् ।
सांसद योगेश भट्टराईले तीन तहको साझेदारी र निजी क्षेत्रको सहभागितामा विमानस्थलको सञ्चालन र व्यवस्थापन गर्न सक्न प्रावधान राख्नुपर्नेसहितका मोडल बनाउनुपर्ने बताए ।
त्यस्तै सांसद हितराज पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने र हवाई सेवामा भविष्यमा कुनै समस्या नआउने गरी विधेयकलाई पूर्ण बनाउनुपर्ने सुझाव दिए ।
विधेयकमा विभिन्न दलका सांसदका २८१ संशोधन प्रस्ताव दर्ता भएका छन् । नेपालमा आधुनिक, सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेशन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न सरकारले उक्त विधेयक ल्याएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।