काठमाडौं– बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ ।
पहिलो हाफ सकिँदा बंगलादेशले एक गोलको अग्रता लिएको छ । खेलको सुरुवातमै एक गोल गरेको बंगलादेशविरुद्ध नेपालले पहिलो हाफ सकिँदासम्म बराबरी गर्न सकेको छैन ।
आजको खेल नै फाइनल हो । उपाधिका लागि नेपाललाई जित्नै पर्ने दबाब छ । बंगलादेश भने जित वा बराबरीमा रहे पनि अंक तालिकाका आधारमा उपाधि जित्ने छ ।
५ खेल खेलेको बंगलादेशले सबैमा जित निकाल्दै १५ अंक पुर्याएको छ भने नेपालले एक मा हार र जात जित्दै १२ अंक छ । आजको खेल जितेमा नेपाल गोल स्कोरका आधारमा विजयी हुनेछ । तर हार वा बराबरी भएमा अंकका आधारमा बंगलादेशले उपाधि जित हात पार्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।