बझाङ- महिनावारीका बेला महिलालाई छाउगोठमा राखेर गरिने विभेद मध्य र सुदूरपश्चिममा नौलो होइन। विभिन्न संघसंस्थाको सक्रियतामा त्यस्ता गोठ भत्काउने अभियान पनि चल्ने गरेको छ। छाउगोठमै कतिपय महिला बलात्कारको सिकार भएको र सर्पले डसेर मर्ने गरेको समाचार आइरहे पनि यो 'संस्कार' निर्मूल हुन सकेको छैन।
_x000D_
_x000D_
तर बझाङका कतिपय विद्यालयमा भने शिक्षकले नै महिनावारी भएका छात्रामाथि विभेद गर्ने गरेको पाइएको छ। जसका कारण महिनावारी भएको बेला छात्राहरु विद्यालय जान मान्दैनन्।
_x000D_
_x000D_
गृहकार्य चेक गर्न पनि शिक्षकले टाढैबाट कापी समात्ने गरेको छात्राहरुले गुनासो गरेका छन्। ‘तिमी अलि परै बस, तिमीले छोएको कापी मैले छुन मिल्दैन’ भन्छन्,' थलारा मावि कक्षा १० मा पढ्ने सुमित्रा बोहोराले भनिन्। शिक्षकले नै कक्षाकोठामा फरक व्यवहार गर्दा अपहेलित महसुस गर्ने गरेको साथीहरुले जिक्याउने हुँदा विद्यालय जान मन नलाग्ने गरेको उनले गुनासो गरिन्।
_x000D_
_x000D_
कक्षा ९ की छात्रा कल्पना रोकाया पनि शिक्षकको दृष्टिकोणकै कारण पढाइमा ध्यान नगएको बताउँछिन्। 'साथीहरुलाई पनि आफ्नो नजिक बस्न दिनुहुन्न। महिनावारी भएका बेला आफ्नो कापी जाँच पनि गर्नुहुन्न। नजानेको कुरा पनि सरबाट सिक्न पाइने आस हुन्छ। तर मन भएर पनि कक्षाकोठामा बोल्न पाइँदैन,' उनको दुखेसो छ, 'कक्षामा बस्दा 'पुराण सुने झैं' मात्र भइन्छ।
_x000D_
_x000D_
राज्यले महिनावारी विभेद र छाउपडीविरुद्ध कानुन नै बनाएको छ, तर विद्यालयमा शिक्षक नै अझै अन्धविश्वासमा छन्। यसले छाउपडी प्रथालाई अझ मलजल गरेको माणु काटिया उच्च मावि थलाराकी कक्षा १० की छात्रा कमला जोशीले बताइन्। ‘शिक्षक स्थानीय नै हुँदा महिनावारी भएको थाहा हुँदो रहेछ। अनि कक्षाकोठैबाट छुवाछुत सुरु हुन्छ,' उनले सुनाइन्।
_x000D_
_x000D_
जिल्लाका दक्षिणी भेग थलारा क्षेत्रका विद्यालयमा मात्र होइन अरुतिर पनि यस्तो समस्या देखिने गरेको छ।
_x000D_
_x000D_
निमित्त जिल्ला शिक्षा समन्वय समितिका अध्यय मदन थापाले भने कुनै विद्यालयमा यसखाले छुवाछुत गरेको पाइए कारबाही गरिने बताए। ‘अब सबै विद्यालयमा छाउपडी प्रथा र महिनवारीका बेला हुने छुवाछुतविरुद्ध परिपत्र गर्नेछौं,' उनले भने।
_x000D_
_x000D_
घरमै पीडित महिला
_x000D_
महिनावारी भएको बेला खानेकुरामा पनि भेदभाव हुने गरेको छ। यस्तो बेला पोषिला खानेकुरा दिनुको साटो सुक्खा रोटीमै टार्ने गरिएको कतिपय किशोरी बताउँछन्।
_x000D_
_x000D_
'महिला हिँडेको बाटेमा गाइबस्तु समेत हिँडाउन दिँदैनन्,' १८ वर्षीय एक युवतीले भनिन्, 'गाउँका शिक्षित भनिनेहरुको घरमा पनि विभेद हट्न सकेको छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।