नारायणगढ– देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ।
मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ। आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ।
भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन्। साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ। सोमबार अधिक भक्तजन आउने अपेक्षा छ। भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।
साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।