काठमाडौं – नेपालले भुटानसँग खेल्दै महिला साफ यु २० च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। खेल साँझ ६:४५ बजे सुरु हुनेछ।
बंगलादेशमा आज सुरु हुने च्याम्पियनसिपको पहिलो खेल घरेलु टोली र श्रीलंकाबिच हुनेछ। त्यो खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।
४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोली बुधवार राति बंगलादेश पुगेको थियो। बिहीवार प्रि म्याच कन्फ्रेन्समा नेपाली टोलीका प्रशिक्षक याम गुरुङले यसपटक च्याम्पियन बन्ने विश्वास व्यक्त गरेका थिए। नेपाली टोली बिर्सना चौधरीले कप्तानी गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।