काठमाडौं– एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओस विरुद्धको खेलमा पहिलो हाफ सकिँदा नेपाल २ गोलले अगाडि छ । नेपालले नियमित कप्तान तथा गोल किपर एन्जिला तुम्बाप्पो सुब्बालाई बेन्चमा राखेको छ। नेपालका लागि १२ मिनेटमा पहिलो गोल अनिता बस्नेतले गरेकी थिइन् ।
यस्तै ४४ औं मिनेटमा सावित्रा भण्डारीले अर्को गोल गर्दै पहिलो हाफमा २–० गोलको स्थितिमा ल्याइन् । आजको खेलमा कप्तानको जिम्मेवारी रेनुका नगरकोटीलाई दिइएको छ। पहिलो रोजाइका नियमित खेलाडी रेखा पौडेल र प्रीति राई पनि बेन्चमा राखिएको छ।
नव नियुक्त प्रशिक्षक प्याट्रिक डि वाइल्डले लाओस विरुद्ध अन्जना राना मगरलाई गोलपोष्टको जिम्मा दिएका छन्।
निशा थोकर, पूजा राना, समिक्षा घिमिरे, सरु लिम्बू, सरस्वती हमाल, रेनुका, सविता राना मगर, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र सावित्रा भण्डारी ‘साम्बा’ प्लेइङ इलेभेनमा छन्।
समूह ‘एफ’ मा रहेको नेपालले लाओससँग खेल्दै छनोटको सुरुवात गर्दैछ। यो समूहमा आयोजक उज्वेकिस्तान र श्रीलंका पनि छन् । समूह विजेता टोली सन् २०२६ मा हुने महिला एसियन कपमा छनोट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।