चितवन – बालकुमरी कन्या मध्यमिक विद्यालय भरतपुर–२, चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न भएको छ। स्वास्त्यंगी, इनिसियशन फर चेन्ज, युवा नेपाल र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो ।
विश्वभर मे महिनालाई रजस्वला स्वास्थ्य जनचेतना महिनाु को रुपमा मनाइने गरिन्छ । मे महिनाको अवसर पारी स्कुल पढने किशोर किशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा बालकुमरी कन्या मावि र लिटल फ्लावर स्कुलको ३०० बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
मेलामा कुल ८ ओटा स्टलहरु थिए । हरेक स्टल रजस्वलाका विभिन विधाहरुका लागि निर्धरित थियो । अन्तर्क्रिया र छलफलका साथै विद्यार्थीहरु्का लागि खेलहरु र फेस पेनटिगंका स्टलहरु पनि राखिएको थियो । यसका सथै सोहि दिन रजस्वला शिर्षकमा चित्रकला प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो । यस किसिमको रजस्वला स्वास्थ्य जनचेतना मेला चितवनमै पहिलो पटक आयोजना गरिएको स्वास्त्यंगीको सह(संस्थापक अश्नना अवस्थीले जानकरी दिइन् ।
स्वास्त्यंगी, पुरानो मेडिकल कलेजमा एमबिबिएस आध्यनरत विद्यार्थीहरुले स्थापना गरेको एक सामाजिक संस्था हो । विशेषतह महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने यस संस्थाले बिगतका दिनहरुदेखि भरतपुरका विभिन्न विद्यालयमा आध्यनरत छात्राहरुलाई महिनावारीको सुरुवात, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी नयाप्किन, मेनसुरल कप, टेमपुन र यसका साथै महिनावारीको बेलाका समस्या र यसका समाधानबारे आभिमुखिकरणको कार्यक्रम गर्दैआइरहको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।